विमानस्थल व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिँदै गर्दा राष्ट्रिय सुरक्षाको संवेदनशीलतामा ख्याल गरियोस्ः सांसद खनाल


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा निजी क्षेत्रलाई पनि समेटिएको भन्दै राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको थियो । उनले विधेयकले निजी क्षेत्रले पनि विमानस्थल व्यवस्थापन गर्नसक्ने प्रावधान राखिएको बताए ।

उनले निजी क्षेत्रलाई दिँदा थप स्पष्टता जरुरी रहेको बताए सरकारले कसरी सुपरीवेक्षण गर्छ, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई हरेर मात्रै निजी क्षेत्रलाई विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिन सकिने बताए । 

“यो विधेयकले निजी क्षेत्रले पनि एयरपोर्ट म्यानेज गर्नसक्ने किसिमको प्रावधान राखेको छ । तर दुई कुरामा बढी ध्यान दिनुपर्छ । निजी क्षेत्रलाई दिँदै गर्दा स्पष्टता, टिओरदेखि सरकारले कसरी सुपरीवेक्षण गर्दछ भनेर जानुपर्छ । राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई पनि हेर्नुपर्छ,” उनले भने ।

सांसद खनालले विधेयकमा आइकाओको विषयमा केही विषयहरू छुटेको अनुभुति आफूले गरेको जिकिर गरे ।