३ हजार कट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आज मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

समता हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.६० प्रतिशतले घटेको छ ।

कुल ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।