काठमाडाैँ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आईतवार राति भएको नयाँ इयु–अमेरिका व्यापार सम्झौताको घोषणापछि सोमवार युरोपेली संघ (इयु) लाई देशको व्यावसायिक सम्बन्धलाई विविधीकरण गर्न आग्रह गरेका छन् ।
म्याड्रिडस्थित आफ्नो निवासमा बोल्दै सान्चेजले युरोपेली आयोगले गरेका प्रयासहरूको आफूले मूल्यांकन गरेको बताए । युरोपेली आयोगले गरेका प्रयासहरुको आफूले कदर गरेको बताउँदै युरोपेली आयोगका अध्यक्षको रचनात्मक र वार्ता गर्ने मनोवृत्तिको प्रशंसा गरे ।
स्कटल्याण्डको साउथ आयरशायरमा ट्रम्प टर्नबेरीमा व्यापार वार्तापछि आईतवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ सम्झौताको घोषणा गरे । दुवै नेताहरूले सम्झौतालाई व्यापार सन्तुलन पुनस्र्थापित गर्ने र थप समतामूलक दुई–तर्फी वाणिज्य प्रवर्धन गर्ने दिशामा एक कदमको रूपमा वर्णन गरे।
यो सम्झौताले संयुक्त राज्य अमेरिकालाई रणनीतिक अमेरिकी निर्यातको दायराको लागि शुन्य–ट्यारिफ पहुँच सुरक्षित गर्दै इयु सामानहरूमा व्यापक १५ प्रतिशत कर लगाउन अनुमति दिन्छ ।
प्रतिक्रिया दिनुहोस्