सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एसिया बैंक


काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको १ लाख कित्ता संस्थापक सेयरको न्यूनतम प्रतिकित्ता २३२ रुपैयाँ मूल्य राखेर आजदेखि लिलामीमा राखेको हो ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।