काठमाडाैँ । चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए । प्रस्ताव सर्वसम्मतिले सभाबाट स्वीकृत भएको अध्यक्षले सभा समक्ष जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्