बुधबार राताम्य भयो सेयर बजार


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको एक अर्ब ३२ करोड १२ लाख १८ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आज सान्भी इनर्जी र ट्रेड टावर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.०४ प्रतिशतले घटेको छ ।

कुल ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।