२०२५ मा ३ प्रतिशत विश्वव्यापी वृद्धि हुने आइएमएफको प्रक्षेपण


अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मंगलबार २०२५ मा आफ्नो विश्वव्यापी वृद्धिको पूर्वानुमान ३ प्रतिशतमा पु¥याएको छ । जुन अप्रिलमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बढी हो ।

विश्वव्यापी व्यापार विकासले दृष्टिकोणलाई आकार दिन जारी राखेको र वृद्धि प्रक्षेपणलाई अप्रिल २०२५ को सन्दर्भ पूर्वानुमानबाट यस वर्ष २.८ प्रतिशतबाट ३ प्रतिशत र अर्को वर्ष ३ प्रतिशतबाट ३.१ प्रतिशतमा परिमार्जन गरेको आइएमएफले बताएको छ ।

पछिल्लो अपडेटअनुसार उदीयमान बजार र विकासशील अर्थतन्त्रहरू अब २०२५ मा ४.१ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । जुन अप्रिलको पूर्वानुमानभन्दा ०.४ प्रतिशत बढी हो ।

यसैबिच विकसित अर्थतन्त्रहरूको वृद्धि प्रक्षेपण १.४ प्रतिशतको तुलनामा १.५ प्रतिशतमा परिमार्जन गरिएको छ । विशेष गरी संयुक्त राज्य अमेरिका, युरो क्षेत्र, जापान, बेलायत, क्यानडा, चीन, भारत, ब्राजिल, मेक्सिको, साउदी अरेबिया र नाइजेरियाको वृद्धि प्रक्षेपण माथितिर परिमार्जन गरिएको छ ।

आर्थिक नीति अनिश्चितता यस वर्ष र अर्को वर्ष उच्च रहने अनुमान गरिएको छ । जसको अनुमान वास्तविक–समय वर्तमान व्यापार नीतिमा आधारित छ ।