नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताए ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गरे ।

नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको उल्लेख गर्दै नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरु अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ । जसबाट हामी समृद्धि हाँसिल गर्न चाहन्छौँ । र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ । हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल र सुखी नेपाली हो । त्यसलाई साकार पार्ने गन्तव्यतर्फ क्रियाशिल छौँ । यस यात्रामा सैनिक कल्याण्कारी कोषले विभिन्न कार्यक्रममार्फत देश रक्षाको धरोहरको रुपमा रहेको नेपाली सेना तथा भुतपूर्व सैनिकहरुलाई एकतावद्ध गराउन र अघि बढाउन योगदान पु¥याएको छ ।’

प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।