काठमाडौँ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २८.३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले प्रति सेयर १०० रुप्ेयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका लागि जारी गरिसकेपछि अब कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आम सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आइपिओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरु र मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।
यो आईपीओ निष्काशन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्