काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट साउन ९ गते अनुमति प्राप्त गरेको छ ।
जसअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
उक्त हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीले यही साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ बुक क्लोज हुनु एक दिनअघि अर्थात साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयर खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्