३१ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये १ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको एक अर्ब ३३ करोड ८८ लाख १६ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९७ प्रतिशत र ९.९२ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

भुगोल इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.१० प्रतिशतले घटेको छ ।

कुल ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।