काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डले जहाज थप्नेबारे सरकार आन्तरिक गृृहकार्यमा जुटिरहेको बताएका छन् ।
बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हाल नेपाल एयरलाइन्सका सबै छ वटै जहाज सञ्चालनमा रहेको भएपनि यात्रुको मागअनुसार उडान गर्न जहाज अभाव रहेको बताएका हुन् ।
उनले एयरलाइन्सका सबै प्राविधिक सम्भावित समस्याहरुप्रति पनि मन्त्रालय गम्भीर भएको बताए । उनले सातवटै प्रदेशमा साना विमान सञ्चालन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले प्रारम्भिक छलफल अघि बढाएको बताए ।
प्रदेशअन्तर्गतका विमानस्थलहरु सञ्चालनको लागि सबै प्रदेशमा एउटा—एउटा सानो विमान किन्नेबारे पनि प्रदेश सरकारहरुसँग छलफल भइरहेको उनको भनाइ छ । उनले नेपाल एयरलाइन्सको हवाई सेवा सशक्त बनाउन मन्त्रालयले पारदर्शी प्रक्रियामार्फत नयाँ विमान खरिद गर्ने वा लिजमा ल्याउने योजना बनाइरहेको स्पष्ट पारे ।
उनले नेपालसँग विमान अभाव भएकै कारण विदेशी हवाई कम्पनीहरुले नेपाललाई लतार्ने काम गरिरहेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्