स्याङ्जामा किराना पसल चोरी गर्ने युवक पक्राउ


काठमाडाैँ । स्याङ्जाको पुतलीबजार नगरपालिका–०६ टक्सार काउलेस्थित नर बहादुर गुरूङको पष्चबलब पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट साउन १४ गते रातिको समयमा भएको चोरीसम्बन्धी सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा तोरण परियार (वर्ष २२), काउले बसोबास गर्ने युवकलाई चोरीका केही सामानसहित पक्राउ गरिएको हो।

पसलबाट रियल गोल्ड वियर १७ बोतल, सोफी रक्सी १ कार्टुन, विभिन्न कम्पनीका चुरोट ९ प्याकेट, चाउचाउ २० प्याकेट र ५ के.जी. कुखुराको मासु चोरी भएको पीडितले जानकारी दिएका थिए।

पक्राउ परेका परियारलाई नकवजनी चोरी (घर वा पसल फोरेर चोरी गर्ने) मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अन्य सम्भावित संलग्न व्यक्तिहरूबारे पनि अनुसन्धान जारी रहेको जनाइएको छ। चोरीमा संलग्नहरूमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्पष्ट पारेको छ