काठमाडौँ । शुक्रबार छापावाल सुनकाे मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेर एक लाख ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर २ हजार २३५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्