कोदो दिवसमा प्रधानमन्त्री ओलीको सन्देश: कोदो उत्पादन बढाऔं, कोदोका परिकार उपभोग गरौं


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदोको पोषणीय र परम्परागत महत्वलाई स्मरण गर्दै ‘राष्ट्रिय कोदो दिवस’ को अवसरमा सबैलाई कोदो उत्पादन र उपभोगमा सक्रिय हुन आग्रह गरेका छन्।

“कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ,”सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले सिँचाइ बिना नै उत्पादन गर्न सकिने कोदो जस्तो गुणकारी अन्नलाई प्रवर्द्धन गर्न सरकारले विशेष पहल थालेको उल्लेख गर्दै यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय भएको जानकारी पनि दिए।

सरकारको तर्फबाट कोदो दिवस मनाउने यो पहिलोपटक हो। परम्परागत कृषि प्रणालीमा आधारित र पोषणयुक्त खाद्यान्नको उत्पादन र उपयोग प्रवर्द्धन गर्न यो दिवसले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।