काठमाडाैँ । जलस्रोत तथा सिंचाई विभागका उप–महानिर्देशक मित्र बरालले महाकाली सन्धि कार्यान्वयन नहुँदा सिंचाई आयोजनाहरू प्रभावहिन भएको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले निर्मार्णधिन सिंचाई नहरहरुमा सन्धिअनुरुप पानी सदुपयोग गर्न नपाएको बताएका हुन् ।
उनले महाकाली सन्धिअनुरुप पानी उपयोग गर्न अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसको लागि कुटनीतिक पहलको आवश्यकता रहेको बताए ।
उपमहानिर्देशक बरालले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको लागि जग्गा अधिग्रहण, कित्ताकाट, लगतकट्टा लगायत कार्य सम्पन्न गर्न छुट्टै नापी टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
जलस्रोत विकासमा आपसीमैत्री तथा घनिष्ठ छिमेकीपनको सम्बन्ध प्रवद्र्धन गर्ने प्रतिवद्धताअनुसार २९ माघ २०५२ मा नेपाल–भारतबिच महाकालि सन्धिमा हस्ताक्षर भएको थियो । उक्त सन्धि कार्यान्वयन हुन नसक्दा शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनाको काम समेत प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्