कोदोजन्य खेती प्रवर्धनका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छः अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालल कोदोजन्य खेतिको प्रवर्धन गर्न सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले युवा पलायनको कारण कृषि क्षेत्रमा श्रमको अभाव देखिएको उल्लेख गर्दै सरकारले कृषि खेतितर्फ युवाहरूलाई आकर्षित गर्ने खालको नीति अपनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले कोदो र फापरबाट बनेका परिकारहरूको प्रचार–प्रसार तथा घरेलु उत्पादन प्रवद्र्धनका लागि निजी क्षेत्र तयार रहेको पनि बताए । “अहिले हाम्रो गाउँतिर खेतियोग्य जमिन बाँझो रहेको अवस्था छ । यस्तो जमिनमा हाम्रो कृषिजन्य कोदो, फापर खेति गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले धेरैजसो हाम्रो दाजुभाईहरू बाहिर जाने भएको कारण कृषिखेतिमा कम ध्यान पुगेको हुँदा यसलाई प्रमोट गर्नुपर्ने र सरकारले इन्करेज गर्नुपर्ने देखिन्छ,” उनले भने ।

सरकारले कोदोजन्य बालीहरुको आयात रोक्न तथा उत्पादनमा बृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन सुरू गरेको छ ।