काठमाडाैँ । देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित रहेको बताए । उनले आफूहरूले एक जना पक्राय गरेर त्यसमै सिमित नहुने भन्दै चौथो स्टेपसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।
“कुल अहिले २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८८९ जना कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । समग्रमा २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । हामी अरू युनिट जस्तो जसलाई पक्राउ ग¥यौँ त्यहाँ मात्रै सिमित हुँदैनाैँ। हामीले कम्तिमा दोस्रो, तेस्रो र कहिले कहीँ चौथे स्टेपमा समेत पुग्छौँ,” उनले भने ।
उनले दुव्र्यसनीमा रहेकाहरुलाई कारबाही गर्ने भन्दा परिवारको जिम्मा लगाउने र सुधार केन्द्रमा राख्ने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्