अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्युरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गरेका छन् । उनले राजनीतिक उद्देश्यका लागि डेटा हेरफेर गरेको आरोप लगाएका छन् ।
ब्युरोका प्रमुखले प्रश्तुत गरेको तथ्यांक गलत भएको उनको भनाइ छ । ट्रम्पको घोषणा ब्युरोले जुलाई रोजगार रिपोर्ट जारी गरेको केही घण्टापछि आएको हो ।
जसले मे र जुनको लागि मात्र ७३ हजार गैर–कृषि रोजगारी थपिएको – पूर्वानुमान भन्दा धेरै कम – र मे र जुनको लागि २ लाख ५० हजार भन्दा बढी रोजगारी संशोधन देखाएको थियो ।
जुलाई २०२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले म्याकएन्टार्फरलाई यस भूमिकाको लागि छनोट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्