झापा इनर्जी लिमिटेडको आइपिओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । झापा इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साउन १४ गतेदेखि जारी गरेको प्राथमिक शेयर (आइपिओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै पहिलो चरणमा आइपिओ निष्कासन गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनीले ३८ करोड १ लाख ९० हजार रुपैयाँ जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि पनि १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता शेयर छुट्याइएको छ । स्थानीयतर्फको आवेदन साउन २८ गतेसम्म खुला रहनेछ भने माग अनुसार आवेदन परेमा भदौ १२ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ ।

आवेदनकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।

स्थानीय बासिन्दाहरूले हिमालयन बैंकका दुधे, दमक तथा सुरुङ्गा शाखा कार्यालयहरू तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।

झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा निर्माण गरिएको १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना २०८० असार २५ गतेदेखि व्यापारिक उत्पादन गरिसको छ ।