काठमाडाैँ । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताएका छन् ।
संसदमा सभामुखहरुको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आईतवार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गराएका हुन् ।
उनले लवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । त्यसबारे पनि सम्मेलनमा छलफल भएको जानकारी दिए ।
अन्तर व्यवस्थापिक संघ (आइपियु) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए ।
सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आइपियु) र संयुक्त राष्ट्रसंघ (युएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गरेका थिए ।
सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्