काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महाराजगञ्ज नर्सिङ क्याम्पसलाई गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) को प्रमाणपत्र नदिएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।
आइतवार क्याम्पसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्युएएको महत्व आफूले राम्रोसँग बुझेको बताएकी हुन् । कुनैपनि साना कारण देखाइ व्यक्तिगत र राजनीतिक प्रतिशोध साँधेर शिक्षालयहरूलाई प्रमाणपत्र नदिनु दुःखको विषय भएको बताइन् ।
क्याम्पसलाई की यि मापदण्डहरू पूरा गर् भन्नुपर्ने कि त क्युएए दिनुपर्ने माग गरिन्। नर्सहरूले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्कि देश बनाउन लाग्न आह्वान गरिन् ।
प्रतिक्रिया दिनुहोस्