नेप्से ६३ अंकले घट्यो, १३ अर्ब रूपैयाँको कारोबार


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७५ करोड ३९ लाख ६४ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ट्रेड टावर र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सान्भी इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कुल ३१९ कम्पनीको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।