काठमाडाैँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रश्तावित भूमि विधेयक गिरिबन्धु जग्गा प्रकरणसँग नजोडिएको प्रष्ट पारेका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सिंहदरबारमा आइतबार भएको भूमीसम्बन्धी विधयेकको छलफलमा उनले अनावश्यक रुपमा गिरिबन्धुलाई भूमि विधेयकसँग जोड्न जरुरी नरहेको बताएका हुन् ।
विधेयकमा कहाँ गिरिवन्धु जोडिएको छ ? देखाइदिन पनि सांसदहरुसँग आग्रह गरे । विधेयकमा कृषि, उद्योगधन्दाका कुराहरु पनि नजोडिएको स्पष्ट पारेका छन् ।
मन्त्री अधिकारीले भने, “भूमि विधेयकमा प्रश्तावित संशोधित विषयहरुमा छलफल गरौँ । सरोकारवालाहरुले आफ्ना विषयहरु राखिरहनुभएको छ । मैले पटकपटक भनेको छु, हामीले दफाबारलाई जसरी अघि बढायौं । हाउजिङका कुराहरु विधेयकमा ल्याएका छौं । त्यसमा गिरिबन्धुसहित अरु कुनै विषय नै जोडिएको छैन । सांसदहरुलाई गिरिवन्धु कहाँनेर विधेयकमा जोडिएको छ ? मलाई देखाउनु भनेर पटक पटक भनिरहेको छु । यहाँ कुनै कृषिका कुरा जोडिएको छैन, गिरिवन्धु जोडिएको छैन । यहाँ उद्योगधन्दाको कुरा जोडिएको छैन ।”
उनले गिरिबन्धुलाई जोडेर सांसद्हरुले भूमि विधेयकलाई प्रचार गर्न जरुरी नरहेको स्पष्ट पारे । भुमीहीन, सुकुम्बासी र अव्यवस्थित नागरिकलाई जग्गा उपलब्ध गराउँदा सरकारले आवश्यक ध्यान दिने मन्त्री अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्