काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको छ ।
यस वर्ष कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि देशभर एकैसाथ सरू गरिएको थियो ।
परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्