मंगलबार बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार एक हजार ९०० रुपैयाँले बढेर एक लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This