माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशतले बढ्यो


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ९२.४५ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकले एक अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने एक अर्ब २८ करोड ५१ लाख ७६ रुपैयाँ पुगेको छ ।

बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ ।

बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले बैंकले एक खर्ब ८४ अर्ब १७ करोड ६० लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ रुपैयाँ रहेको छ ।

Skip This