विद्युतलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकार अघि बढेको छः मन्त्री खड्का


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत आपूर्तिको माग दिन प्रतिदिन बढिरहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारले विद्युतकामार्फत हरेक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पु¥याउन नसकेको नेपालमा सौर्य विद्युत उत्पादनमार्फत विद्युत आपूर्ति हुनु राम्रो कुरा भएको बताए ।

उनले सरकारले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको उनकाे भनाइ छ ।

विद्युतको आवश्यकता एकातिर दिनानुदिन बढिरहेको र अर्कोतिर चुनौती पनि बढिरहेको उनले उल्लेख गरे । विद्युतको मागअनुसार सम्बोधन र व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । व्यवस्थापनका लागि आवश्यक गृहकार्य हुन नसकेको पनि उनकाे भनाइ छ ।

उनले विद्युत उत्पादनलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी सरकारले काम गरिरहेको पनि बताए । सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

मन्त्री खड्काले वातावरणीय असर र चुनौतिहरु कायम रहेको भन्दै त्यसलाई समाधान गर्न सबै मिल्नुको विकल्प नरहेको बताए । विद्युतको खपत, उपयोग भरपर्दो र सुरक्षित गर्नुपर्ने चुनौति रहेको उनकाे भनाइ छ ।

Skip This