काठमाडौं । आगामी साउन ३० गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गर्दैछ । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जी: ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।
पुल्चोक स्थित द प्लाजामा आयोजना हुने कन्क्लेभमा ८ बढी सेसनमा राष्ट्रिय, अन्तरास्ट्रिय विज्ञहरु सहित ५० बढी वक्ताहरु रहने आइसिटी फाउन्डेसनले जनाएकाे छ। अन्तरास्ट्रिय कम्पनि गुगलको समेत सहभागिता हुने कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी इन्डस्ट्री डिस्कोर्स, पावर संवाद लगायतका सेसन हुनेछन् ।
डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका विभिन्न ८ क्षेत्रहरुलाई समेटेर रिसर्च पेपर र नवीन प्रविधि तथा पहलहरूलाई (डिजिटल इनिसिएटिभ्स)हरु प्रस्तुत हुने तथा कन्क्लेभमा १५ बढी डिजिटल इनिसिएटिभ्स(प्रडक्ट)हरु शोकेसमा पनि रहने आयोजकले जानकारी दिएको छ ।
आइसिटी फाउन्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ’ र मधेश प्रदेशमा एक दिने ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना गरेको थियो भने सातै प्रदेशमा डिजिटल साक्षरता सम्वन्धि अभियान ‘आइसिटी ज्ञान’ कार्यक्रम सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्