४१ अंकले घट्याे नेप्से, कारोबार रकम पनि खुम्चियाे


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४१.३५ अंकले घटेर २८३४ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३९ करोड २८ लाख ६३ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

थ्रीस्टारका हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड ३९ लाख ६५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This