रास्वपा र राप्रपा सांसद भन्छन्ः ठूला दलको दम्भका अगाडि केही लागेन, सिध्याइदिन्छु भन्दै धम्की आए

कुलिङ अफ पिरियड


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद एवं कुलिङ अफ पिरियड छेडखानीबारे गठित संसदीय छानविन विशेष समितिकी सदस्य रोशन कार्कीले प्रतिवेदन तयार पार्दा आफूहरूमाथि ब्ल्याकमेलिङ भएको आरोप लगाएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले आफूहरूले छानविन समितिको प्रतिवेदनमा चाहेको जस्तो निष्कर्ष निकाल्न नसकेको बताइन् ।

ठूला राजनीतिक दलको सत्ताको दम्भ र बहुमतको अगाडि आफूहररूको केही नलागेको बताइन् । नेताहरूले पैसामा नैतिकता बेच्ने गरेको बताइन् । प्रतिवेदन तयार पार्ने काममा सोमवार ५ घण्टा सत्तारुढ दलका सांसदहरू हराएको उनको आरोप छ ।

संसदीय दलमा बैठक बसेर सांसदहरूलाई सिध्याइदिन्छु जस्ता धम्की दिएको बताइन्। एमालेले मुख्यसचिवलाई बचाउने प्रयास गरेको र काँग्रेसले रामहरि खतिवडालाई बचाउन लागेको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले हस्ताक्षर कर्ताहरू स्वभाविक रूपमा जिम्मेवार हुनुपर्ने बताए । सरकारलाई समितिले छानविन गर्न अझै ठाउँहरू छोडिदिएको बताए । आफ्ना मान्छे बचाउन अहिले पनि लागेको आरोप लगाए । समितिले मंगलवार सभामुख देवराज घिमिरेलाई छानविन समितिको प्रतिवेदन बुझाएको छ ।

Skip This