सुनसरीको रामधुनी मन्दिर जोड्ने खोलामा पुल निर्माण गर्न सांसद आचार्यको माग


काठमाडाैँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्र्यले सुनसरीको रामधुनी मन्दिर जोड्ने दशगिजा खोलामा पुल बनाउन सरकारसँग माग गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको शुुन्य समयमा बोल्दै सांसद आचार्यले सो माग गरेका हुन् ।

रामधुनी नगरपालिका –२ भुमरीचोकबाट धमौरा कुम्याई हुँदै रामधुनी मन्दिर जाने बाटोमा पर्ने दशगिजा खोला र सोही बाटोमा पर्ने पिचराह खोलामा पुल निर्माण गर्न उनले माग गरेका छन् ।

उक्त खोलामा पुल निर्माणको लागी डिपिआर तयार भईसकेकोले तुरुन्तै ठेक्का लगाई काम अगाडी बढाउन उनले आग्रह गरे । मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरि तत्काल काम अगाडी बढाउन उनले माग गरे।

उनले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ को तित्लीवनबाट वडा नम्बर ९ सितपुर हुँदै वडा नम्बर ८ वडा कार्यलय जाने बाटोमा पर्ने दशगीजा खोलामा पनि पुल निर्माण कार्र्य अलपत्र परेको बताए । पुल निर्माणको लागी ठेक्का लागेर ठेकेदारले केही काम गरेपनि बीचमा अलपत्र पारेर छाडेको थियो ।

उनकाअनुसार ठेकेदारले काम नगरेपछि पुल निर्माणको ठेक्का रद्ध गरिएको छ । सो पुल निर्माणको लागी यथाशिघ्र ठेक्का लगाउन उनले सरकारसँग माग गरेका छन् ।मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी तत्काल काम अगाडी बढाउन उनले माग गरे।

Skip This