कुलिङ पिरियड छेडखानी नियोजित, सभापति र सचिवले राजीनामा दिनुपर्छः माधव सापकोटा


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मंगलवार नै छानविन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ । सोही बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटीका रुपमा लिएको बताए ।

समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाए । उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहष्मय रहेको र पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको निष्कर्ष रहेको बताए । 

कानूनतः प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने र नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए ।

Skip This