काठमाडाैँ । बागमती प्रदेशको छैठौं मुख्यमन्त्री नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार बानियाँलाई मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ गराउका हुन्।
देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । बानियाँलाई काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद गरि ६४ जना सांसदको समर्थन छ ।
कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ । प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यहरूले मंगलवार दिउँसो २ बजेभित्र मुख्यमन्त्री पदको दाबी पेश गर्न आह्वान गरिएको थियो ।
सोही आह्वान अनुसार बानियाँले हिजो नै दाबी पेश गरेका थिए। निःवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले १८ साउनमा राजिनामा दिए पछि बानियाँले १९ साउनमा मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए ।
आफ्नै पार्टीबाट राजनितीक दबाब बढ्दै गएपछि लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । बानियाँको नेतृत्वमा ८ जनाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् जसमा नेपाली काँग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरूमा शिवराज अधिकारी मन्त्रालय पछि तोकिने र कृष्ण कुमार तामाङ खानेपानी सिंचाई तथा उर्जा मन्त्रालय रहेका छन् ।
त्यसै गरी सत्ता साझेदार नेकपा एमालेको तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ । प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्ति भएसँगै बुधवार मन्त्री परिषद् गठन गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्