पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै सिद्धार्थ केवलकार पुनः सञ्चालनमा


रूपन्देही । सिद्धार्थ केवलकारको थप पूर्वाधार निर्माण र सिष्टम अपग्रेटसंगै पुनः सञ्चालनमा आएको छ ।

बुटवल र पाल्पाको तिनाउस्थित नुवाकोट गढी जोड्ने सिद्धार्थ केवलकारको बटम स्टेसन र टप स्टेसनमा थप पूर्वाधार निर्माण तथा प्रणालीमा सुधार गर्नका लागि असारको दोस्रो हप्तादेखि बन्द गरिएको सिद्धार्थ केवलकार साउनको दोस्रो हप्तादेखि नियमित सञ्चालनमा आएको हो ।

केवलकारको सिष्टम अपग्रेटसङ्गै पहुँचमार्गमा विद्युतीयकरण, बटम स्टेसमा रहेको सिद्धार्थ गार्डेनमा लाइटिङ सिष्टम जडान, रेष्टुरेन्ट भवन निर्माण तथा टप स्टेशनमा रहेको सिद्धार्थ स्ट्याचुको क्षेत्र विस्तार, शौचालय निर्माण लगायतका काम गरिएको छ ।

बटम स्टेसनदेखि टप स्टेससम्म २ किलोमिटर दुरी रहेको सिद्धार्थ केवलकारमा ८ जना क्षमताका २५ वटा गोन्डुला छ ।

बटम स्टेसन, टप स्टेसन तथा पोलहरूमा रहेको चेन हलेज सिष्टमलाई टायर हलेज सिष्टममा बदलिएको छ ।

यसले केबलकारको गति बढाउँने र पोलहरूमा खडखडाउने आवाज पनि नआउने कम्पनीका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी दिए ।

सिद्धार्थ केवलकारको बटम स्टेशन बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको छ भने टप स्टेशन पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ स्थित नवाकोट गढीमा छ ।

Skip This