ब्राजिलले वार्ताको ढोका खुला राख्दै विश्व व्यापार संगठन (डब्ल्युटिओ) मा नयाँ लगाइएको अमेरिकी करलाई औपचारिक रूपमा चुनौती दिने तयारी गरिरहेको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवारदेखि लागू हुनेगरी कफी, गाईको मासु र पेट्रोकेमिकल लगायत ब्राजिलका विभिन्न निर्यातमा ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि यो कदम चालिएको हो ।
यो उपायले संयुक्त राज्य अमेरिकामा ब्राजिलको निर्यातको लगभग ३५ प्रतिशतलाई असर गर्छ । यद्यपि ऊर्जा उत्पादनहरू र केही खनिजहरू जस्ता प्रमुख उत्पादनहरूलाई बहिष्कृत गरिएको थियो ।
ब्राजिलको चेम्बर अफ फरेन ट्रेडले डब्ल्युटिओसँग औपचारिक परामर्श शुरु गर्ने प्रश्तावलाई अनुमोदन गरेको छ । जुन विवाद समाधान प्रक्रियाको पहिलो चरण हो । चेम्बरको मन्त्रिपरिषद्ले निर्णय राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पठाएको छ । जसले व्यापार निकायमा कसरी र कहिले उजुरी पेश गर्ने भनेर निर्धारण गर्नेछन् ।
उपराष्ट्रपति गेराल्डो अल्कमिनले ब्राजिलले नयाँ करको प्रभाव कम गर्न काम गरिरहेको र रणनीतिहरू समन्वय गर्न कृषि व्यवसाय प्रतिनिधिहरूसँग भेट गरिसकेको बताए।
सरकारले प्रभावित क्षेत्रहरूसँग वार्ता पनि जारी राख्ने उनकाे भनाइ छ । अर्थमन्त्री फर्नान्डो हद्दादले ब्राजिल वार्ताको लागि खुला रहेको तर असमान साझेदारी स्वीकार नगर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्