तोलामा एक सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवासी महासंघका अुनसार मंगलबार प्रतितोला एक लाख ९८ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक सय रूपैयाँले घटेर एक लाख ९८ हजार ४०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर २ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको छ ।