काठमाडौँ । जर्मन अटो ब्रान्ड फक्सवागनका दुई अत्याधुनिक र पावरफुल मोडलहरु ‘भट्रस सेडान’ र ‘टाईगुन एसयूभी’ नेपालमा सार्वजनिक भएका छन्।
फक्सवागनको नेपालको लागि आधिकारिक वितरक पूजा इन्टरनेशनल प्रा. लि. ले यी दुई गाडीहरु नाइमा अटो शो २०२५ को अवसरमा सार्वजनिक गरेको हो।

यी दुबै गाडीमा यस सेग्मेन्टमै सबैभन्दा पावरफुल १.५ लिटरको टर्बोचार्ज्ड इन्जिन जडान गरिएको छ, जसले १५० हर्ष पावरको शक्ति उत्पादन गर्न सक्षम छ। पावरको आवश्यकताअनुसार दुई वा चारवटै सिलिण्डर सक्रिय गराउने फ्युल-इफिसिएन्ट प्रविधियुक्त इन्जिनले इन्धन बचतसहित उच्च प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
भट्रस सेडान र टाईगुन एसयूभी दुवै मोडलले सुरक्षा मापदण्डमा विश्वसनीयता हासिल गरिसकेका छन्। ग्लोबल एनक्याप को क्र्यास टेस्टमा यी गाडीहरूले फाइभ स्टार रेटिङ प्राप्त गरेका छन्, जसले चालक र यात्रु दुवैका लागि उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्छ।
फक्सवागन भट्रस जि टी सेडान, सेडान भए तापनि यसको १८० मि.मि.को ग्राउण्ड क्लियरेन्सका कारण ग्रामीण तथा खाल्डाखुल्डी सडकमा समेत सहज यात्रा सम्भव बनाउँछ। बलियो च्यासिस, शक्तिशाली इन्जिन र उच्च ग्राउण्ड क्लियरेन्सका कारण यो मोडल शहर र ग्रामिण दुवै भूभागमा उपयोगी सावित हुने कम्पनीले विश्वास लिएको छ।

फक्सवागन टाईगुन जी टी एसयूभी १८८ मि.मि.को ग्राउण्ड क्लियरेन्सका साथ नेपाली सडकको लागि उपयुक्त रूपमा डिजाइन गरिएको छ। यसमा अत्याधुनिक सेभेन स्पिड गियरबक्स, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल लगायतका सुरक्षा र सुविधाजनक फिचरहरू समावेश छन्।
उद्घाटन समारोहमा जर्मन दूतावासका महामहिम उदो भोल्जले प्रमुख अतिथिका रूपमा सहभागी भई दुबै मोडलको अनावरण गरेका थिए। कार्यक्रममा वोल्क्सवागन ईन्डियाका ग्लोबल एक्सपोर्ट हेड श्री शेल्जी जोसेफले फक्सवागनको सुरक्षाप्रतिको प्रतिबद्धता र नेपाली बजारप्रतिको दीर्घकालीन योजना प्रस्तुत गरे।उनले भने “हाम्रा दुबै मोडलहरूले पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेका छन्। साथै, अब स्पेयर पार्ट्स भारतसरह मूल्यमा उपलब्ध हुने भएकाले मर्मत खर्चमा उल्लेखनीय कमी आउनेछ।”
आयातकर्ता कम्पनी पूजा इन्टरनेशनलका सिईओ बिवेक विजुक्छेले भने, “फक्सवागनका यी नयाँ मोडलमार्फत् हामी नेपाली बजारमा जर्मन इन्जिनियरिङको उत्कृष्टता पुनः प्रस्तुत गर्न चाहन्छौं। विगतको जस्तै ग्राहकहरूको साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छौं।”
प्रतिक्रिया दिनुहोस्