काठमाडौँ । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसा (एनवाईएसईःभि) ले काठमाडौँमा आफ्नो नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ । भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई जोड दिन्छ । यसले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्बाध, सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
यसका साथै, भिसाले नेपाल प्रमुखको रूपमा मनोज थापालाई नियुक्त गरेको छ । आफ्नो नयाँ भूमिकामा, मनोजले स्थानीय साझेदारीलाई सुदृढ पार्ने र देशको आवश्यकताहरू पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने कुरामा केन्द्रित हुने जनाइएको छ । मनोजले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन् ।
यस घोषणाको बारेमा टिप्पणी गर्दै भिसाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “हामी काठमाडौँमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौं । भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु । उहाँको नियुक्तिले भिसाको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एक सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउनेछ ।“
नेपालमा जन्मेका मनोजको युके र भारतमा भएका शैक्षिक र व्यावसायिक अनुभव रहेको छ । उनी साना र मझौला उद्यमहरू (एसएमईज) लाई समर्थन गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन र दिगो सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वसनीय सहकार्यहरू निर्माण गर्न प्रविधिको प्रयोग गर्न उत्साहित रहेको उल्लेख गरिएको छ ।
भिसा, नेपालमा भुक्तानी र वित्तीय सेवा क्षेत्रमा एक दशकभन्दा बढी अनुभवी विज्ञता हासिल गरेका छन् । यसअघि, उनले फोनपेमा साझेदारी र नवप्रवर्तन प्रमुखको रूपमा काम गरेका थिए, जहाँ उनले सीमापार भुक्तानी पहलहरूको नेतृत्व गरेका छन् । अन्तर्राष्ट्रिय तथा स्थानीय वित्तीय संस्थाहरूसँग प्रभावकारी गठबन्धन बनाएका छन् । त्यसअघि, भारतमा लिभक्विक टेक्नोलोजी प्रा. लि. मा वरिष्ठ व्यवसाय विकास प्रबन्धकको रूपमा उनले कम्पनीको वृद्धिमा योगदान पु¥याउने व्यवसाय विकासमा नेतृत्व गरेका थिए ।
“नेपालमा डिजिटल भुक्तानी अपनाउने कार्यलाई तीव्रता दिने प्रयासको नेतृत्व गर्न भिसामा सामेल हुन पाउँदा म खुशी छु,“ मनोज थापाले भने, “नवप्रवर्तन र सुरक्षित कारोबार प्रति भिसाको प्रतिबद्धता डिजिटल रूपमा सशक्त नेपाललाई सक्षम बनाउने मेरो आकांक्षासँग मेल खान्छ र म अर्थपूर्ण प्रभाव सिर्जना गर्न तत्पर छु।”
प्रतिक्रिया दिनुहोस्