काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति जबाफदेही बन्नुपर्नेमा हाल ठिक विपरित अभ्यास भइरहेको टिप्पणी गरेका हुन् ।
उनले सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो ? भन्दै प्रश्न उठाउनु उठाए ।
उनले भने , ‘सरकार संसदप्रति उत्तरदायी हो कि संसद सरकारप्रति उत्तरदायी हो रु के हो यो रु भिजिट भिसाको विरोधी हामीहरु होइनौं । तर भिजिट भिसाको नाममा मान्छेहरुलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ । हामीले भिजिट भिसा हुनु हुदैन भनेर विरोध गरेका छैनौं ।’
उनले हजारौं नेपाली महिलाहरू वैदेशिक रोजगारीमा गएर यौनदुव्र्यवहारको शिकार भएको, पुरुषहरू बाकसमा फर्किेने गरेको उल्लेख गर्दै गृहमन्त्रीको मुटु काँप्दैन ? भन्दै प्रश्न गरे ।
भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा लगेर बेच्ने कार्यको विरोध गरेको भन्दै सांसद कार्कीले भिजिट भिसाको दुरुपयोगको सम्बन्धमा आवश्यक छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस्