नाइमा मोबिलिटी एक्साेमा हुन्डाईका गाडी किन्दा ८ लाखसम्म नगद छुट


काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा हुन्डाईका गाडी किन्दा ८ लाख रुपैयाँसम्म छुट दिने भएको छ ।

नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै कम्पनीले ‘हुन्डाई असर अगस्ट’ योजना सुरू गरेको छ । यसमा ग्राहकहरुले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् । कम्पनीका अनुसार ८ लाख रुपैयाँसम्म छुटदेखि एक वर्षको निःशुल्क बिमा र विशेष छुटहरू प्राप्त गर्नेछन् ।

यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ भने ‘हुन्डाई असर अगस्ट’ योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको कम्पनीले जनाएको छ। एक्स्पाेमा हुन्डाईको स्टल नम्बर एल४ रहेको छ ।