काठमाडौँ । आर्थिक वर्ष २०८१ ८२ मा कुमारी बैंकको नाफा ४५ हजार ८२२ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१ ८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ ।
आर्थिक वर्ष २०८० ८१ मा बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशत बढेको छ । बैंकले ११ अर्ब ५५ करोड ४३ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको लाभांश वितरण क्षमता भने २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ ऋणात्मक देखिन्छ । बैंकको संचालन नाफा पनि ५२९.८७ प्रतिशतबाट बढेर ६ अर्ब १३ करोड ४४ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन ९.४६ प्रतिशत बढेको छ भने कर्जा प्रवाह २.७९ प्रतिशतले घटेको छ ।
बेंकको निक्षेप ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख ६१ हजार रुपैयाँ कायम भएको छ भने कर्जा प्रवाह भने २.७९ प्रतिशत घटेर २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ खर्ब ६८ अर्ब ४३ करोड १२ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरको थियो ।
बैंकको खराब कर्जा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५.९६ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा ६.४२ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ८.०७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्