काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
बिहीबार लिबर्टी इनर्जि कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३९ करोड १ लाख २८ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आज सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.८१ प्रतिशतले बढेको छ ।
उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.२६ प्रतिशतले घटेको छ ।
कुल ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्