काँग्रेस निकट किसान महासंघको अधिवेशनमा विवादः दोलखालाई बाहिर राखेको गुनासो


काठमाडाैँ । नेपाली काँग्रेस दोलखाका सभापति वर्मा लामाले नेपाल किसान महासंघ वागमती प्रदेशको अधिवेशन गर्दा दोलखा जिल्लालाई जानकारी नदिएको बताएका छन् ।

काँग्रेसनिकट किसानको संगठन नेपाल किसान महासंघ वागमती प्रदेशको अधिवेशनमा उनले दोलखामा किसान महासंघको अधिवेशनमा प्रतिनिधि नै भएको बताए । किसान महासंघको अधिवेशन गर्न जिल्लाले कहिले पनि असहयोग नगरेको उनको भनाई छ ।

उनले नेतृत्वको नजिकको मान्छे चाहिएको भए त्यही अनुसारको अधिवेशन गरेर प्रतिनिधि पठाईदिन्थे भन्दै कटाक्ष गरे ।

 उनले के कारणले दोलखा जिल्लामा अधिवेशन नभएको हो भनेर वागमती प्रदेशको पार्टी नेतृत्वसँग पनि सोधीखोजी गरेको बताए । यसमा सबैले अनविज्ञता प्रकट गरेको उनको भनाई छ । नेपाल किसान महासंघ वागमती प्रदेशको महाधिवेशन सानेपामा बिहीवारदेखी शुरु भएको छ ।