काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले मन्त्रायको अधिकांश बजेटको हिस्सा ज्येष्ठ नागरिकमा केन्द्रित गरेको बताएका छन् ।
बिहीवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले आश्रममा बस्नुभएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षासँग जोड्नका लागि समस्या भइरहेको बताएका हुन् । नागरिकता नहुँदा उनीहरुलाई सामाजिक सुरक्षा परिचालित गर्न कठिनाइ भइरहेको उनको गुनासो छ ।
उनीहरुलाई नागरिका दिने विषय नागरिकता ऐनसँगै जोडिनुपर्ने बताए । तर उनीहरुको परिचय स्पष्ट नहुने र उनीहरुबारे थप जानकारी नपाउने स्थितिले समस्या आइरहेको बताएका हुन् । नागरिकता प्राप्त नहुँदासम्म मन्त्रालयले प्रत्यक्ष रुपमा उनीहरुलाई सामाजिक सुरक्षासँग जोडेर काम गर्न नसक्ने जिकिर गरे ।
उनले लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था अन्य प्रदेशको भन्दा बढी रहेको भन्दै सरकारले पोषण परियोजनाका लागि आवश्यक काम अघि बढाइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्