नाइमा मोबिलिटी एक्स्पाेमा मिफा ७ : लक्जरी, रेञ्ज र प्रविधिको उत्कृष्ट संयोजन


काठमाडौँ । राजधानीकाे भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पाे-२०२५ मा म्याक्स ब्रान्डको प्रिमियम इलेक्ट्रिक एमपीभी ‘मिफा ७’ ले दर्शक तथा सम्भावित ग्राहकहरूको ध्यान खिचिरहेको छ। आधुनिक प्रविधि, उच्च प्रदर्शन र लक्जरी सुविधासहित आएको मिफा ७ ले नेपाली विद्युतीय सवारी बजारमा नयाँ उत्साह ल्याएको छ।

चीनको एसआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्स ब्रान्डको यो अत्याधुनिक गाडी नेपालका लागि हिमालय मोट्रक्सले ल्याएको हो। नेपाली सवारीसाधन बजारमा तीन दशकभन्दा बढी अनुभव बटुलेको हिमालय अर्गनाइजेसनअन्तर्गतको यो कम्पनीले नेपाली ग्राहकका लागि अन्तर्राष्ट्रिय स्तरको इलेक्ट्रिक गाडीको अनुभव दिलाउने लक्ष्य लिएको छ।

सात जना यात्रु अट्ने क्षमताको मिफा ७ मा ९० किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले डब्लुएलटीपि मापनअनुसार एकपटक पूरै चार्जमा ६३५ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। त्यसमा पनि डीसी फास्ट चार्जिङ सपोर्ट रहेको हुँदा केवल ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीकाे दाबी छ।

सुरक्षा र प्रविधिमा मिफा ७ निकै सशक्त देखिएको छ। यसमा इलेक्ट्रिक स्लाइडिङ ढोका, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन–कीप असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, अड्जस्टिभ क्रुज कन्ट्रोलजस्ता सुविधाहरू समेटिएका छन्। यस्तै, १२।३ इन्चको डुअल डिजिटल डिस्प्ले, एड्भान्स मल्टिमिडिया सिस्टम, ठूलो प्यानोरामिक सनरूफ, मसाज सिट, १८० किलोवाट क्षमताको मोटर र ९३५० एनएम टर्कले यसलाई लक्जरी सवारीको नयाँ परिभाषा बनाएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले मिफा ७ को ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटर र मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ। मूल्यको कुरा गर्दा, मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ।

यसैबिच, म्याक्स ब्रान्डकै अर्को विद्युतीय पिकअप इ-टिरन ९ पनि एक्स्पोमा प्रदर्शनमा छ, जसको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ राखिएको छ।

नाइमा मोबिलिटी एक्स्पाे अवधिभर गाडी बुक गर्ने ग्राहकका लागि कम्पनीले विशेष अफर ल्याएको छ। मिफा ७ बुक गर्ने ग्राहकलाई १० लाख रुपैयाँसम्मको नगद छुट उपलब्ध गराइनेछ भने, इ-टिरन बुक गर्नेले ५ लाख रुपैयाँसम्म छुट पाउनेछन्।

हिमालय मोट्रक्सका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार मिफा ७ केवल सवारी साधन मात्र नभई एक प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट हो, जसले लक्जरी, आराम, सुरक्षासहितको आधुनिक प्रविधिमा आधारित यात्राको अद्वितीय अनुभव प्रदान गर्छ।