काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा दोस्रो दिन आज उल्लेख्य भीड देखिएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा पहिलोपटक आयोजित यस एक्स्पोमा नयाँ प्रविधियुक्त सवारीसाधनप्रति सर्वसाधारणको चासो झनै बढेको देखिएको हो।
साउन २५ गतेसम्म सञ्चालन हुने यस एक्स्पोको पहिलो दिन करिब १५ हजारले अवलोकन गरेका थिए। आयोजकहरूका अनुसार दोस्रो दिन त्यो संख्याभन्दा अझै धेरै दर्शकले एक्स्पो अवलोकन गरेका छन्। बिहानैदेखि भृकुटीमण्डपको प्रवेशद्वारमा दर्शकको भीड देखिन्थ्यो। विभिन्न उमेर समूहका दर्शकहरू परिवारसहित आएका थिए।
एक्स्पोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारीसाधनसहित कुल ३५ नयाँ मोडेलहरू सार्वजनिक गरिएका छन्। विद्युतीय सवारीसाधनमा विशेष चासो देखिएको छ भने टेस्ट ड्राइभ, प्रविधि जानकारी र अफरबारे जानकारी लिने दर्शकको चहलपहल उल्लेख्य देखिएको छ।
सवारीसाधन मात्र होइन, वातावरणमैत्री प्रविधि, फाइनान्स तथा बिमा सेवाका स्टलहरू पनि दर्शकको आकर्षण बनेका छन्। विद्युतीय सवारीलाई भविष्यको यातायातका रूपमा हेर्ने धेरैले यसप्रति विश्वास व्यक्त गरेका छन्।










प्रतिक्रिया दिनुहोस्