काठमाडौँ । डिशहोमले सिद्धार्थ हस्पिटालिटीसँग साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने भएको छ ।
सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको हो ।
यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २०% छुट तथा फुड एण्ड बेभरेजमा १०% छुट पाउनेछन् ।
“सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं,” डिशहोमका सिइओ तारा मानन्धरले भने ।
डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एपमा उपलब्ध छ ।
ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्ने कम्पनीले जनाएको छ ।
डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटहरूमा आवासमा २०% र फुड एण्ड बेभरेजमा १०% छुट रहेको छ ।
प्रतिक्रिया दिनुहोस्