सबै बेरुजुलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी हुन्ः बास्कोटा


काठमाडाैँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी भएको बताएका छन् ।

बिहीवार बसेको सार्वजानिक लेखा समितिको  बेरुजुसम्बन्धी छलफलमा उनले भ्रष्टाचार र बेरुजु फरक कुरा भएको बताएका हुन् ।

उनले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतिका चाङहरुलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए ।

उनले भने, “सबै बेरुजूलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्ट्रचारी हुन् । भ्रष्ट्रचार बेरुजु फरक कुरा हुन् ।”

सांसद बास्कोटाले बेरुजु फस्र्यौटलाई कानुनी र व्यवहारिक रुपमा सहज बनाउनुपर्नेमा जोड दिए ।