काठमाडौं । टिभिएस नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२५ को तेस्रो दिन आफ्नो लोकप्रिय स्कूटर ‘एनटर्क डिस्क एफआई’ का नयाँ कलर भ्यारियन्ट सार्वजनिक गरेको छ।
पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री मोडलहरू प्रदर्शनीमा राखेका छन्। टिभिएसको स्टल नम्बर एल ३ ए, हल बी मा ‘एनटर्क डिस्क एफआई’ का दुई नयाँ आकर्षक रङ (तर्कोइस ब्लु र नार्दो ग्रे) अवलोकनका लागि राखिएका छन्।
परिष्कृत १२४.८ सिसीको ३-भल्भ फ्युल-इन्जेक्टेड इन्जिनयुक्त एनटर्क डिस्क एफआईले करिब ४५ किलोमिटर प्रतिलिटर माइलेज दिने जनाइएकाे छ । २ लाख ८२ हजार ९०० रूपैयाँमा उपलब्ध यो मोडलमा यस सेगमेन्टमै अगाडि रहने फिचरहरू समावेश छन् ।
टर्न-वाइ-टर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर, उत्कृष्ट ब्रेकिङका लागि अगाडिको डिस्क ब्रेक, युएसबी चार्जिङ पोर्ट र सजिलो बाहिरी फ्युल फिलिङ रहेकाे छ।
टिभिएस नेपालले नाइमा एक्स्पो २०२५ मा सहभागी सबैलाई हल बी को स्टल नम्बर एल३एमा गई नयाँ एनटॉर्क डिस्क एफआई प्रत्यक्ष अवलोकन गर्न आमन्त्रण गरेको छ।
प्रतिक्रिया दिनुहोस्